काठमाडौँमा सहकारी पीडितको विरोध र्याली

काठमाडौँ- सहकारी पीडितहरुले काठमाडौँमा विरोध र्याली निकालेका छन् ।
आफुहरूको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पीडितहरूले सोमबार काठमाडौँको माइतिघरदेखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन् ।
सहकारीमा आफुहरूले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने भन्दै सहकारी पीडितहरूले माइतिघरमा धर्ना दिँदै आएका छन् ।
उनीहरूले सहकारी बचत अपचलनकर्तालाई कारबाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा सहकारी पीडितहरूले माइतिघरमा रिले अनशन समेत सुरू गरेका छन् ।

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

करको दायरा बढाउन माग

जैमिनीलाई पूर्णखोप सुनिश्चितता घोषणा

चट्याङ लागेर बालकको मृत्यु

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

प्रतिक्रिया