सर्पले डसेको बिरामीको मृत्युपछि सडक अवरूद्ध

काठमाडौँ- सुर्खेतमा सर्पले डसेर मृत्यु भएपछि सडक अवरूद्ध पारेका छन् । सुखर्तेको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका ९ वर्षीय अनमोलबहादुर चुनाराको सर्पले डसेर मृत्यु भएपछि छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध पारेका हुन् ।
चुनारालाई सर्पले डसेपछि मेहलकुना अस्पताल भर्ना गरिएको थियो । मेहलकुनाले चुनारालाई उपचारका लागि अन्तै रिफर गरेको थियो । उनलाई वीरेन्द्रनगर ल्याउने क्रममा शनिबार बोटोमै मृत्यु भएको थियो । स्थानीय प्रतिनिधि र मृतकका आफन्तहरूसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको सञ्चार शाखाले जनाएको छ ।
मृतकका आफन्तहरूले क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि सडक अवरूद्ध गरेका हुन् । उनीहरूले शनिबार राति मेहलकुना अस्पतालसमेत तोडफोड गरेका थिए ।

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कर्णालीमा ६ दिनमा २७ फरार अभियुक्त पक्राउ

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

प्रतिक्रिया