कैलाश सिरोहियालाई अदालत लगिदै

काठमाडौं - कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिँदैछ ।
धनुषास्थित निजी अस्पतालमा भर्ना भएर बसेका सिरोहिया ७ दिनअघि नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।
गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया