दुई लाख जनामा परीक्षण गर्दा १५ सय जनालाई एचआईभी एड्स संक्रमण

काठमाडौँ- नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ ।
अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८० /०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो ।
सो अवधिमा ३५ हजार ४३ एचआईभी संक्रमितलाई एण्टी रेट्रो भाइरल ट्रिटिमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ । गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी) कार्यक्रमा आवद्ध ६१ गर्भवती महिलासहित २३ हजार ७ सय ६० संक्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया