चिकित्सकको संख्या ४५ हजारभन्दा बढी
काठमाडौँ- नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्कक भएको अर्थमन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, चार हजार आठ सय ८३ दन्त चिकित्सक र १० हजार पाँच सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । जसमध्ये पुरुष ६४ दशमलव एक र महिला ३५ दशमलव नौ प्रतिशत छन् ।
सोही अवधिमा एक लाख २२ हजार तीन सय १३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् । सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसङ्ख्यामा एक दशमलव २० चिकित्सक र दुई दशमलव ८३ नर्स छन् । यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो ।
यस्तै, २०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयं सेविकासमेत गरी एक लाख २ हजार ६ सय ८६ स्वास्थ्यर्की सरकारी सरकारी सेवामा आबद्ध छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकिस्मक सेवा गरी चार करोड ६० लाख ५६ हजार पटक सेवा प्रवाह भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सेवा २ करोड ८८ लाख पटक भएको थियो ।
नेपालमा आठ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । २०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा एक लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको सङ्ख्या आठ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये एक हजार पाँच सय ७ विशेषज्ञ नर्स, ३७ हजार चार सय २० अनमी, ६६ मिडवाइफ छन् ।

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया