न्युरोडमा फुटपाथ बढाउने महानगरको कदम कानुनसम्मत छैन : मन्त्री महासेठ

काठमाडौँ - उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले न्युरोडमा फुटपाथ बढाउने काठमाडौं महानगरको कदम कानुनसम्मत नभएको बताएका छन् ।
आइतबार संसद भवन सञ्चारकर्मीसँग कुरा गर्दै महासेठले सडक विभागमा धुलो खन्याउने कदमप्रति कुनै गुनासो नभएपनि न्युरोडमा फुटपाथ बढाउने नाममा सार्वजनिक बाटोको चौडाइ घटाउने काम कानुनसम्मत नभएको बताएका हुन् ।
कानुनसम्मत नभएकै कारण सडक विभागले त्यसलाई रोकेको उनले बताए । महानगर प्रमुख बालेन शाहले कलंकी–महाराजगन्ज सडकको विषयमा उठाएका विषय सकारात्मक भएको भन्दै उनले त्यसप्रति कुनै आपत्ति नभएको धारणा राखे ।
महानगरको कदमप्रति सरसल्लाह भइरहेको उनको भनाइ छ ।
कलंकी–महाराजगन्ज सडक निर्माणका लागि आन्तरिक स्रोतबाट पनि बजेट व्यवस्थापन गरिएको उनले जानकारी दिए । कलंकी–महाराजगञ्ज सडक विस्तार सुस्त भएको र त्यसका कारण जनतालाई समस्या भएको भन्दै महानगरले विरोध स्वरूप शनिबार मिनभवनस्थित सडक विभागमा एक ट्रक धुलो खन्याएको थियो ।

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

आज प्रतिनिधिसभाको बैठक बस्दै

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रतिक्रिया