कोशी प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई कांग्रेसको आग्रह

विराटनगर - कोशी प्रदेशसभा बैठक स्थगित गर्न नेपाली कांग्रेस संसदीय दलले सभामुखसँग माग गरेको छ ।
संसदीय दलको छलफलपछि सभामुख अम्बरबहादुर विष्टसमक्ष आइतबारको बैठक स्थगित गर्न सभामुखसँग माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिएका छन् ।
कोसीमा प्रदेश सरकार गठनको विवाद सर्वोच्च अदालतबाट सुनुवाइ भई फैसला हुन बाँकी रहेकोले बैठक आज नगर्न कांग्रेसले आग्रह गरेको उनले बताए ।
यसअघि गत वैशाख ३१ गते बसेको बैठक कांग्रेसले बहिष्कार गरेको थियो । हिक्मत कार्की मुख्यमन्त्री बनेको विषयमा कांग्रेस सर्वोच्च गएको छ र यस मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी रहेको छ ।
कोशी प्रदेश सभाको बैठक आज अपरान्ह १ बजेका लागि बोलाइएको छ र आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

प्रतिक्रिया