शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

राष्ट्रिय वाणिज्य बैंकका सिइओ खनालले गरे पदभार ग्रहण

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

२ जेठमा बसेको सञ्चालक समितिको बैठकले खनाललाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम (३) को व्यवस्था बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो ।

सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने पदभार ग्रहणपछि खनालले बताए ।