टी-ट्वान्टी सिरिजः पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित
काठमाडौँ- पाहुना टोली पाकिस्तानविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेट खेलमा इंग्ल्यान्डले जित हात पारेको छ । शनिबार राति भएको दोस्रो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २३ रनले पराजित गरेको हो ।
जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ६० रनमात्र बनाउन सक्यो ।
पाकिस्तानका लागि फकर जमानले ४५ रन तथा बाबर आजमले ३२ रन जोडे । इंग्ल्यान्डका रिसे टोप्लेले ३ तथा मोइन अली र जोफ्रा आर्चरले २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन जोड्यो ।
इंग्ल्यान्डका लागि कप्तान जोश बटलरले ८४ रन तथा विल ज्याकले ३७ रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ तथा इमाद वासिम र हरिस राउफले २-२ विकेट हात पारे ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया