देउवालाई फकाउन प्रधानमन्त्री प्रचण्ड बुढानीलकण्ठमा (तस्बिरहरू)

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो । आइतबार बिहान देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुढानीलकण्ठ गएका थिए ।
प्रचण्ड र देउवाबीच सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउनेबारे छलफल भएको छ ।
संसद्को अवरोध हटाउन राजनीतिक सहमतिका लागि देउवालाई भेट्न उनकै निवास पुगेका हुन् । देउवासँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
त्यस्तै सहकारी प्रकरणलाई लिएर नेपाली कांग्रेसले संसद् अवरूद्ध पार्दै आइरहेको छ । आज ११ बजे बस्ने संसद् बैठकमा आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ ।
टिओआरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमै विवाद रहेको बुझिएको छ । कांग्रेसले लामिछानेको नामको विकल्पमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक उल्लेख गर्नुपर्ने प्रस्ताव गरेपनि सत्ता पक्ष सहमत नभएपछि टिओआरमा सहमति हुन सकेको छैन ।

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

एकीकृत समाजवादीको ५० जिल्ला अधिवेशन सकियो

प्रतिक्रिया