शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

चीनसँग सीमा जोडिएका ७ नाका खुले, बाँकी ७ नाका पनि खुल्दै

काठमाडौँ- कोभिड-१९ देखि बन्द चीनसँग सीमा जोडिएका ७ वटा नाका पुन: सञ्चालनमा आएको छ । कोभिड संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि बन्द गरेको ७ वटा नाका शनिबारदेखि पुन: सञ्चालनमा आएको हो ।

पहिलो चरणमा तिब्बतको चेन्ताङ बन्दरगाहनजिकै साँघु जोड्ने संखुवासभाको भोटखोला गाउँपालिका– १ स्थित किमाथांका नाका, चीनतर्फ रिउ (डिङ्गे काउन्टी)सँग जोडिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलास्थित तिप्ताला भञ्ज्याङ, चीनको तिब्बततिर न्यालम काउन्टीअन्तर्गत रान्मुदिंमामा जोडिने दोलखाको बिगु गाउँपालिका– १ लामाबगरस्थित लाप्ची नाका, तिब्बततिर रोङसिया जोड्ने दोलखाकै बिगु गाउँपालिका– १ मा पर्ने अर्को फालक नाका, तिब्बतको गिरुङ काउन्टीको गोङदाङ जोड्ने गोर्खाको छेकम्पारस्थित नाका थाप्ला पास, तिब्बतको मियायोङ पियान्जी जोड्ने डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित मार्युम्ला पास र तिब्बतको झोङ्बा काउन्टी जोड्ने मुस्ताङको ल्होमान्थाङ गाउँपालिका– ४ मा अवस्थित कोरला नाका खुलेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अन्य ७ वटा नाका छिट्टै खुल्नेछ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा शनिबार आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरेका थिए । 

उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका शनिबारदेखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुने छन् । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथाङ्कासहित १४ वटा व्यापारिक नाका खुलाउन सफल भएको उनले जानकारी दिए । गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएअनुसार नै नाका पुनः सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । 

उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङ पुगेका थिए । किमाथाङ्का नाका खुलेपछि भोटखोलावासी उत्साहित भएका छन् । विगतमा यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । तर नाका बन्द भएपछि उनीहरूलाई समस्या भएको थियो । 

किमाथाङ्कामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो । सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको छ । किमाथाङ्का नाका सदरमुकामदेखि एक सय ६२ किलोमिटर टाढा पर्छ ।

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह