संसद् बैठक बस्दै, यस्तो छ १४ बुँदे सम्भावित कार्यसूची

काठमाडौँ- आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेदेखि बस्दै छ ।
संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्नेदेखि आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने प्रस्ताव रहेको छ ।
संघीय संसद् सचिवालयको बैठकको सम्भावित कार्यसूची जारी गरिसकेको छ । जसमा १४ वटा सम्भावित कार्यहरू उल्लेख छ ।
कार्यसूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरू सुनाउने, दोस्रोमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने मनोनयन गर्ने, त्यसपछि सुरक्षित मुद्रण सम्बन्धी विधेयकबारे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन पेश गर्ने, केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश अस्वीकृत गर्न सांसद प्रेम सुवाले सूचना राख्ने, उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छन् ।
यस्तै त्यसपछिको कार्यसूचीमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम राखिएको छ । त्यसपछि चारवटा विधेयकमाथि विभागीय मन्त्रीहरूले प्रस्तावहरू पेश गर्नेछन् । नीति तथा कार्यक्रमसँग सम्बन्धित र पारित गर्नेसम्मको कार्यसूची रहेको छ ।
सहकारी ठगी प्रकरणको छानबिन गर्न प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समितिको माग राख्दै संसद् अवरोध गरिरहेको र संसदीय छानबिनको कार्यादेशमा दलहरूबीच सहमति अझै बन्न नसकेकाले आजको बैठक कसरी अघि बढ्छ भन्ने स्पष्ट रहेको छैन । कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरूसहितको बैठक आज बिहान बस्दै छ ।

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

प्रतिक्रिया