भारतमा गेम जोनमा आगलागी : मृतकको संख्या २८ पुग्यो

काठमाडौँ- भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ ।
'गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ' राजकोटका प्रहरी आयुक्त राजु भार्गवले भने ।
‘गेमिङ जोन’ युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ । लापरबाही र मृत्युका लागि हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं । उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ' उनले भने ।
२५ जनालाई सुरक्षित बाहिर निकालिएको सिन्ह्वाले जनाएको छ । उक्त घटनामा घाइते भएका सबै जनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन नसकेको बीबीसीले जनाएको छ ।
टीआरपी गेमिङ जोनभित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने स्थानीय अग्नि अधिकारीले बताए ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया