‘खोसाखोसमा’ विमला
कारबाही गर्ने एमालेको तयारी, माओवादी भन्छ: अर्को पार्टी रोजिसकेपछि स्पष्टीकरण सोध्नु केटाकेटी पारा

बुटवल : सर्वोच्च अदालतले ‘नेकपा’लाई अलग–अलग बनाइदिएपछि अधिकांश नेता/कार्याकर्ता आ–आफ्नो समूहमा फर्कै । कतिपय पुरानो छाडेर नयाँतिर पनि लागे । तर दाङबाट प्रदेश सभाको चुनाव जितेकी विमला खत्री वली भने सजिलै एउटा समूह रोजेर हिँड्न सकिनन् । किनकि उनले जुन पार्टीबाट चुनाव जितिन्, त्यो पार्टीलाई अदालतले खारेज गरिदियो । जसका कारण विमला अदालतको आदेशपछि दुई दल बनेपछि दुवैतिर तानातानमा परिन् ।
प्रदेश सभा सदस्य रहेका उनका श्रीमान उत्तरकुमार वलीको दुर्घटनामा परी मृत्यु भएपछि खाली स्थानमा उपनिर्वाचन लडेकी थिइन् । सूर्य चिन्ह लिएर चुनाव लडेकी विमलाका श्रीमान पहिला एमालेबाट राजनीति गरेका थिए । विमला पनि सूर्य चिन्हबाट निर्वाचित भएकी थिइन् ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई अस्वीकार गर्दै आफ्नै स्थानमा ब्युँताईदिएपछि पार्टी रोज्न पाउने प्रावधान अनुसार गत बैशाखमा मात्र विमलाले माओवादी केन्द्र रोजेकी थिइन् ।
तर विमलाले माओवादी छानेपछि उनलाई आफ्नो दलको दाबी गर्ने काम दुवै दलबाट भएको छ । उनी माओवादीमा लागेपछि शंकर पोखरेलको सरकार पनि अल्पमतमा परेको छ । किनकि एमालेकै बहुमतमा बनेको सरकारमा दुई जना सांसदले राजीनामा दिए भने उनले माओवादी छानिन् । जसका कारण पोखरेलले जसपाको ठाकुर समूहका सांसदलाई सकारमा सामेल गरेर सरकार चलाइरहेका छन् ।
नेकपाको तर्फबाट प्रदेशसभाको उपनिर्वाचन लडेर दाङ क्षेत्र–३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य विमलाकुमारी खत्री ओलीलाई नेकपा एमालेले कारबाहीको तयारी अघि बढाएको छ । पार्टी विभाजनपछि पनि पटक–पटक एमाले संसदीय दलको बैठकमा आएकी उनले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई धोका दिएको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
जसअनुसार उनलाई जेठ ३१ मा तीन दिने स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण सोधे पनि निर्धारित समयसम्म कुनै जवाफ नआएको एमाले संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।
उनले भने, ‘असार ३ गते दिउँसो १ बजेसम्म विमलाजीको जवाफ आएको छैन ।’ ‘जवाफ नआए के हुन्छ त ?’ भन्ने प्रश्नमा उनले थपे, ‘त्यो त पार्टी नीति अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।’
प्रदेश सरकारले जेठ ३० मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै प्रमुख सचेतक ढकालले सांसद क्षेत्रीलाई स्पष्टीकरण सोधेका थिए ।
एमाले संसदीय दलको बैठक र दाङको पार्टी जिल्ला कमिटिमा सहभागी भइसकेपछि पार्टी रोज्न पाउने हक बिमलाले गुमाइसकेको दाबी एमालेको छ । उनलाई पार्टीको ह्वीप विपरित सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्नुको उपयुक्त कारणसहित र तपाईँमाथि कारबाही किन नगर्ने भन्दै उनलाई स्पष्टीकरण सोधिएको छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द ब्युँताईदिएपछि मौन बसेकी बिमला गत बैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्र रोज्ने घोषणा गरेकी थिइन् । दोस्रो पटक वैशाख १९ मा एकल दलको बहुमत देखाउँदै शंकर पोखरेल उपधारा १ अनुसार मुख्यमन्त्री दाबी गरेका थिए । त्यसमा उनले विमलाको पनि हस्ताक्षर समावेश गरेका थिए ।
मुख्यमन्त्री पोखरेलकै गृह जिल्ला दाङबाट निर्वाचित उनले माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा वैशाख १९ गते प्रदेश सरकार निमार्ण गर्न भन्दै हस्ताक्षर बुझाएकी थिइन् । तथापि प्रदेश प्रमुखले केसीको सट्टा पोखरेललाई दोस्रो पटक मुख्यमन्त्री बनाएका थिए । मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्री दाबी गर्ने दिन वैशाख १९ मा उनी एमालेको सम्पर्कमा नआएपछि उक्त पार्र्टीले आफ्नो सांसद अपहरण गरेको भन्दै प्रहरीमा उजुरी गरेको बताएको थियो ।
यो विषयमा सांसद विमालसँग प्रतिक्रिया लिन खोज्दा उनी उपलव्ध भइन् । तर उनले रोजेको पार्टी माओवादी केन्द्रका नेता सुर्दशन बरालले विमलाले आफ्नो अधिकार अनुसार पार्टी रोज्न पाउने हुँदा माओवादी केन्द्रमा समाहित भएको बताए । उनले पार्टी अर्को रोजिसकेपछि एमालेले स्पष्टीकरण सोध्नु केटाकेटी पारा भएको उनको टिप्पणी छ ।

नेपाल र मलेसियाका सांसदहरुबीच संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान

सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

संसदीय समितिमा मलेसियाका सांसदसँग अनुभव आदानप्रदान गरिने

संसदका दुबै सदन बस्दै, आजबाट विनियोजन बिधेयकमाथि छलफल

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

प्रतिक्रिया