मेस्सीलाई बार्सिलोनामै राख्न भएका केही खेलाडी बेच्नुपर्छ : अध्यक्ष लापोर्टा

काठमाडौँ: लियोनल मेस्सीले बार्सिलोनासँग सम्झौता नवीकरण गरिसकेका छैनन् । उनी र बार्सिलोनाबीचको सम्झौता जुन ३० मा सकिँदैछ । नयाँ सम्झौता नभए मेस्सी स्वतः बार्सिलोनाबाट बाहिरिनेछन् ।
तर बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा भने मेस्सी बार्सिलानामै रहन चाहेको बताएका छन् । लोपार्टाका अनुसार मेस्सी थप एक सिजन भएपनि बार्सिलोनामा रहन चाहन्छन् ।
‘मेस्सीले बार्सिलोना छाड्दैनन् । उनी पनि यही चान्छन् । उनले क्लब छाड्ने अनुमान मैले गरेको छैन । मिलेसम्म उनी बार्सिलोनामै रहन चाहन्छन् । अनि सर्जियो अग्वेरोले पनि मेस्सी बार्सिलोनामै रहेको हेर्न चाहेका छन् । उनीहरु यसबारेमा दिनहुँ कुरा गर्छन्,’ लापार्टाले भनेका छन् ।
मेस्सीले बार्सिलोनासँग कहिले सम्झौता नविकरण गर्छन् वा त्यसको घोषणा कहिले हुन्छ ? लापोर्टाको उत्तर थियो, ‘फाइनान्सियल फेयर–प्लेका कारण हामीले मेस्सीलाई नयाँ सम्झौता गराउनुअघि केही खेलाडी बेच्न आवश्यक छ । मेस्सी आर्थिक रूपमा के चाहन्छन्, त्यो हामीलाई थाहा छ । तर उनको माग सम्बोधन गर्न हामीले केही खेलाडी नबेची सुखै छैन,’
मेस्सीको बार्सिलोनासँगको भविष्य के हुने भन्ने विषयमा अड्कलबाजी हुँदै आएको छ । त्यो पनि गत सिजनबाटै । यद्यपि त्यसले मेस्सीको प्रदर्शनमा कुनै असर पुर्याएन । बार्सिलोनाले अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि व्यक्तिगत रुपमा मेस्सी अब्बल रहे । स्पेनी ला लिगामा उच्च गोलकर्ता बनेका मेस्सीले कुल ३० गोल गरे । च्याम्पियन्स लिगमा पनि मेस्सीकले सन्तोषजनक खेल देखाए ।

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

प्रतिक्रिया