गणतन्त्रमा गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रमा गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल भएको बताएकी छन् ।
गणतन्त्र दिवस–२०८१ का उपलक्ष्यमा बिहीबार काठमाडौँमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै शर्माले निकै मेहनत गरेर प्राप्त गरेको गणतन्त्रलाई सुदृढ बनाउँदै सुशासन कायमका साथै गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल भएको बताएकी हुन् । अहिले संविधान र कानुनभन्दा माथि कोही हुँदैन भन्ने पुष्टि हुँदै गएको उनले बताइन् ।
मन्त्री शर्माले मुलुक विकासको बाटोमा तीव्र रूपमा अघि बढेको र जलविद्युतको क्षेत्रमा बिक्री गर्ने अवस्थासम्म आइपुग्नु सामान्य कुरा नभएको धारणा राखिन् । उनले तीनै तहको सरकारको पहलका कारण देशभर सडक संरचनाको निर्माण विस्तार भएको बताइन् । यद्दपी मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण सोचेजस्तो विकास कार्यलाई अघि बढाउन नसकिएको उनको भनाइ छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया