सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने !

काठमाडौँ- साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेइमारले अर्को सिजनको शुरुवात पनि गर्न नसक्ने भएका छन् । 

नेइमार एसीएल इन्जुरीका कारण २०२३ अक्टोबरदेखि मैदान बाहिर रहेका छन् । उनी २०२३ को अगस्तमा पिएसजीबाट साउदी क्लब अल हिलाल गएका थिए । 

अब नेइमार अर्को सिजनको शुरुवातमा पनि अल हिलालबाट खेल शुरु गर्न नसक्ने प्रशिक्षक जर्ज जिससले जानकारी दिएका छन् । जिससले नेइमार सेप्टेम्बर-अक्टोबर भन्दा अगाडी मैदानमा आउन नसक्ने उनले बताए । 

इन्जुरीका कारणले नेइमारले आगामी कोपा अमेरिकासमेत गुमाएका छन् । कोपा अमेरिकाको लागि छानिएको ब्राजिलको टिममा नेइमारलाई बाहिर राखिएको छ । 

नेइमारले अल हिलालका लागि केवल ५ खेल खेलेका छन् भने एक गोल गरेका छन् ।