अकुत सम्पत्ति कमाएको अभियोगमा विकल पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ । यसअघि पनि आयोगले पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो ।
आयोगले पौडेलविरुद्ध ६२ करोड १९ लाख १८ हजार छ सय ८४ बराबरको बिगो दाबी गरिएको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ । पौडेलले सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैंक र संयुक्त राज्य अमेरिकास्थित बैंक अफ अमेरिकामा रु २८ करोड ९५ लाख ७५ हजार छ सय ८९ बराबरको रकम जम्मा गरेको पाइएको छ ।
यस्तै, विभिन्न सामान आपूर्तिकर्तासँग कसिमन लिई विदेशी बैंकमा रकम जम्मा गरेकोसमेत आयोगको अध्ययनमा खुलेको छ । रु ६२ करोड १९ लाख १८ हजार छ सय ८४ बराबरको रकमको कुनै पनि स्रोत नखुलेको पाइएकाले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको जनाएको छ ।
त्यस्तै, पौडेलकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शीतल पौडेलको नामा समेत नगद जिन्सी, सवारी साधन, घरजग्गा खरिद गर राखेको पाइएकाले उनीहरुलाई पनि आयोगले प्रतिवादी बनाएको छ । आयोगले मिहिन अध्ययन गरी बिगोबमोजिम कारबाहीको माग र कैद सजायको समेत माग गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया