योयो प्लाइउड कारखानाका मजदुर भन्छन्: हामीलाई प्रहरी देखाएर ट्रेड युनियनको डर देखाइयो
'युनियन भन्दा हामीलाई काम चाहिएको छ'

काठमाडौँ- बाँकेको ‘योयो प्लाइउड’ उद्योगमा जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोज्दा मजदुर विरोधमा उत्रिएका छन् । मंगलबार जबर्जस्ती ट्रेड युनियन गठनको माग गर्दै पुगेपछि मजदुरहरू विरोधमा उत्रिएका हुन् ।
उद्योगमा प्रहरीसहित श्रम कार्यालयको कर्मचारी पुगेका थिए । मजदुरहरूले ट्रेड युनियनको विरोध गरेपछि उनीहरू फर्केका थिए । प्रशासनले प्रहरी ल्याएर मजदुरमाथि त्रास फैलाइरहेका छन् ।
कम्पनीका केही फर्जी मजदुरहरूले जिल्ला प्रशासन कार्यालय बाँकेमा ट्रेड युनियन दर्ता गरेपछि विवाद बढेको हो । उद्योगबाट निस्केर असन्तुष्ट मजदुरहरूले जबर्जस्ती फर्जी नामबाट दर्ता गरेका थिए ।
आठ जनाको समूह मिलेर ट्रेड युनियन गठन गरेपछि दैनिक जस्तो उद्योगमा गइ मजदुरहरूलाई भड्काउने गरेको त्यहीँस्थित मजदुरहरूले बताएका छन् ।
चार वर्षदेखि सञ्चालनमा रहेको प्लाइउड कारखानामा स्थानीय र भारतीयसहित तीन सय मजदुर कार्यरत छन् । मजदुरको सहमतिबिना कार्यरत नरहेका फर्जी कर्मचारीको हस्ताक्षर गराएर गठन गरिएको ट्रेड युनियनको खारेजी माग गर्दै मजदुरले विरोध गरिरहेका छन् ।
नेपालगञ्जस्थित श्रम कार्यालयका कर्मचारीहरू प्रहरीसहित उद्योगमा प्रवेश गरेका थिए । मजदुरहरूलाई जबर्जस्ती युनियनमा आउन, धम्की दिँदै मजदुरको संख्या तथा पारिश्रमिकको विवरण माग गरेका थिए ।
उद्योगमा कार्यरत अधिकांश कर्मचारीले ट्रेड युनियनको आवश्यक नरहेको बताएका छन् । उद्योगमा कार्यरत एक महिला मजदुरले आफूलाई ट्रेड युनियनको नभइ कामको आवश्यकता रहेको बताए । उनले भने ‘सञ्चालकले कुनै पनि मजदुरलाई दुःख नदिने र कर्मचारीको खुसी नै मेरो खुसी रहेको बताएका छन् । उद्योग नोक्सानमा गए पनि मजदुरले पाउने सेवा सुविधामा कुनै पनि कमी नल्याउने बताएका छन् ।‘
जबर्जस्ती गरेर कसैलाई दबाब दिन्न नमिल्ने उनको भनाइ छ । कसैलाई रुवाएर आफू हाँस्न नमिल्ने उनले बताए। कम्पनीले कुनै पनि मजदुरलाई पारिश्रमिक नदिने भनेर नभनेको उनले सुनाए ।
सञ्चालकले मजदुरलाई असर नपार्ने आश्वासन दिएको र चित्तबुझ्दो पारिश्रमिक उनले उल्लेख गरे । घाटामा रहेको योयो कारखानाले कुनै पनि मजदुरलाई नरुवाउने उनले दाबी गरिन् । ‘हामीलाई युनियन चाहिएन मात्र रोजगार चाहिएको छ,’ उनले सुनाइन् ।
घाटामा गएको कारखानालाई बन्द गर्न षडयन्त्र गरी ट्रेड युनियन घुसेको स्थानीय मजदुर राधेश्याम औरहीले बताए ।
‘हामीलाई युनियन चाहिएको छैन। रोजगारी चाहिएको छ । श्रम कार्यालय अरूको कुरा सुनेर हामीलाई दुःख दिन आइरहेको छ । घाटामा गएको कारखानाले मजदुरलाई रोजगारी दिन्छ भने अरूलाई के को आपत्ति हो?,’ उनले प्रश्न गरे ।
त्यसैगरी बाँके जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले कम्पनीको तर्फबाट मजदुरको संख्या र पारिश्रमिक विवरण उपलब्ध नगराएको बताए ।
‘कम्पनीलाई माग्दा पनि उपलब्ध नगराएकाले प्रशासनका कर्मचारीहरू त्यसै फर्केर आउनु भएको छ,’ उनले भने,’ ६ महिना अगाडिको भर्ना भएको कर्मचारी र पारिश्रमिक कति खुवाइरहेको छ त्यो माग गरेको हो । माग गरेको कुराहरू प्रशासनलाई दिन मानेको छैन ।‘
उनले उद्योगमा मजदुरको दुई वटा समूह रहेको बताए । केही मजदुरहरू हामी उद्योगको नियम मानेर बस्ने र अर्का भने नेपाल सरकारले तोकेको पारिश्रमिक पाउनुपर्छ भन्नेहरू पनि रहेको उनले जानकारी दिए ।
काम गर्ने मजदुरहरू ट्रेड युनियनको आवश्यक नरहेको बताइरहेको माझीले बताए । ट्रेड युनियन माग गर्ने मजदुरहरू कामदेखि बाहिर रहेको उनले बताए । ‘एक थरी मानिसहरू सबै मजदुरहरू ट्रेड युनियनमा आबद्ध रहेको भनिरहेको छन्,’ उनले इकागजसँग भने ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया