युक्रेनी क्षेत्रमा रुसले शुरु गर्यो आणविक हतियारको परीक्षण

काठमाडौँ- युक्रेन युद्धको बीचमा रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा भइरहेको बताएको छ । यो क्षेत्र एकदम ठूलो छ । रुसले परीक्षणहरू कहाँ भइरहेको छ भन्ने ठ्याक्कै बताएको छैन ।
अल्जाजीराका अनुसार रुसले यो क्षेत्र युद्धको सुरुवाती दिनमा कब्जा गरेको थियो । बेलारुस पनि यस परीक्षणमा सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष रुसले बेलारुसमा सामरिक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेको थियो ।
रुसले यो परीक्षणबाट पश्चिमी देशहरूको धम्कीको जवाफ दिने प्रयास गरिरहेको छ । गत महिना मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियार अभ्यास गर्न आदेश दिएका थिए । यसमा उनले युक्रेनी सीमा नजिक तैनाथ नौसेना र सैनिकलाई पनि सहभागी हुन आग्रह गरेका छन् ।
रुसले यस्तो परीक्षण गरिरहेको छ जब केही दिन अघि नाटो र पश्चिमी देशहरूले युक्रेनलाई सहयोग गर्न सेना पठाउने कुरा गरेका थिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गत महिना युक्रेनले सहयोग मागेमा त्यहाँ आफ्ना सेना पठाउन सक्ने बताएका थिए ।
बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले पनि युक्रेनले चाहेमा रुसमाथि आक्रमण गर्न बेलायती हतियार प्रयोग गर्न सक्ने बताएका थिए ।
अमेरिकाले अप्रिलमा युक्रेनलाई १२ एटीएसीएमएस मिसाइल दिएको थियो । यसको दायरा ३०० किलोमिटर छ, जसको मतलब यदि यसलाई युद्धमा प्रयोग गरियो भने, यसले रूसभित्र ३०० किलोमिटरसम्म आक्रमण गर्न सक्छ ।
यसपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत हप्ता मात्रै युक्रेनको भ्रमण गरेका थिए । रुस र युक्रेनबीचको युद्ध फेब्रुअरीमा तेस्रो वर्षमा पुगेको थियो ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया