बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

पेप गुआर्डियोला प्रिमियर लिगको उत्कृष्ट प्रशिक्षक घोषित

काठमाडौँ- म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोला इंग्लिस प्रिमियर लिग २०२३/२४ का लागि उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

इंग्लिस प्रिमियर लिगकै इतिहासमा पहिलोपटक सिटीलाई लगातार चौथोपटक उपाधि दिलाएका पेपलाई यस सिजनको लिगको उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरिएको हो ।

लिगको १ सय ३५ वर्षको इतिहासमा सिटीले पहिलोपटक लगातार चार सिजनको लिगको उपाधि जितेको हो ।

पेपले सिटीलाई भने छैटौँपटक लिगको उपाधि दिलाउन सफल भएका छन् ।

५३ वर्षीय पेपले आर्सनलका मिकेल आर्टेटा, एस्टन भिल्लाका उनाइ इमेरी, लिभरपुलका जर्गन क्लोप र बर्नमाउथका एन्डोनी इराओलालाई पछि पारेर उक्त अवार्ड हात पारेका हुन् ।