युएईमा 'उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग २०८१' सांगीतिक कार्यक्रम

काठमाडौँ- दुबई मे १९- सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस् के-७ क्लबमा 'उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग' शीर्षकमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुर्याएको बताए ।
कार्यक्रममा टण्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरूको कमाईलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । साथै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै उनले नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिलेको बताए ।
नेपालका प्रसिद्ध कलाकारहरूले आफ्ना प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । चर्चित हाँस्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको प्रस्तुति दर्शकले निकै रुचाएका थिए । यस्तै चर्चित आधुनिक गायिका मिलन नेवारको स्वरले कार्यक्रमलाई थप भव्य बनाएको थियो । लोकप्रिय लोक दोहोरी गायक खेम सन्चुरी र गायिका शान्तीश्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिएकी थिइन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन् ।
युएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले जनाएको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया