कैलाश सिरोहिया निर्दोश छन्, सजिलै छुट्छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोश भएकाले सजिलोसँग छुट्ने बताएका छन् । हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमपछि पत्रकारहरूसँग चन्द्रागिरीमा कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
'अदालती प्रक्रियाबाट उहाँ निर्दोश हुनुहुन्छ' प्रधानमन्त्री प्रचण्डले भने 'सजिलै छुट्नुहुन्छ । यो हल भइ नै हाल्छ ।'
पत्रकारहरूले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले रिसिइबी साँधेको भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने- 'मान्छेले बढी कुरा गरेका हुन् । बढी होहल्ला गर्न जरूरी छैन । उहाँसँग के को रिसिइबी हो र ?'
नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले मंगलबार नै पक्राउ पुर्जी जारी गरेको थियो ।
कान्तिपुरले केहि समय अघिदेखि सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो ।

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको…

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री खड्का

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदा…

खेलमार्फत निरोगी नेपाल निर्माण गर्ने सपनालाई साकार पार्न सरकार तयार छः प्रधा…

उद्यमीमाझ प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔँ’

प्रतिक्रिया