आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

कति छ आज सुनको मूल्य ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि मंगलबार सुन तोलामा १ लाख ४० हजार ६०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।