कान्तिपुर कार्यालयबाट अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका एसएसपी सानुराम भट्टराई नेतृत्वको टोली कान्तिपुर कार्यालय पुगेको थियो ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरू प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।
र, यो पनि
- कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
- सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भयो : कैलाश सिरोहिया
- रिट लिएर सर्वोच्च पुगे सिरोहिया
- सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुग्यो
- सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढ्ने, दुई प्रदेशमा हावाहुरी चल्ने

प्रतिक्रिया