राप्रपाको काठमाडौँमा मोटरसाइकल ऱ्याली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
बबरमहलमा जम्मा भई पार्टीले माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमल, महेन्द्र सालिक हुँदै नारायणहिटीसम्म मोटरसाइकल ऱ्याली गरी प्रदर्शन गरेको हो ।
संवैधानिक राजतन्त्रका पुनःस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै आइरहेको छ ।
राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया