कांग्रेसको ध्यान सत्तामा भन्दा अन्त हुन सकेन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको ध्यान सत्तामा भन्दा अन्त केन्द्रित हुन नसकेको बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कांग्रेस सत्ता स्वार्थमा मात्र लागेको र लोकतान्त्रिक मुल्य मान्यतामा अडिग नहुँदा तत्कालै सहकार्य हुन सक्ने स्थिति नदेखिएको बताए । अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफुलाई सम्हाल्न सक्नुपर्ने बताउँदै संसद्मा रहेको गतिरोधबीच नै बजेट पारित हुन सक्ने धारणा राखे ।
अगाडिका वर्षहरूमा पनि विरोधकाबीच बजेट ल्याइएको भन्दै अब पनि विरोधकैबीच बजेट आउने उनको भनाइ छ । अध्यक्ष ओलीले बैशाख ५ गते बेलुका भएको सहमति अनुसार अघि बढ्न सके संसदीय छानविन समिति बन्न सक्ने धारणा राखे ।
मुलुकमा लोकतान्त्रिक मुल्य मान्यता र सुशासन कायम गरी विकासको बाटोमा मुलुकलाई अगाडि बढाउन सहमति र सहकार्यमा एमाले जुटेको उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया