जर्मनीमा काठमाडौँ किकर्सको अपराजित यात्रा जारी

काठमाडौँ- जर्मनीको चर्चित युथ फुटबल प्रतियोगिता भिआर बैंक कपमा नेपालको काठमाडौँ किकर्सले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
सोमबारसम्म किकर्सको यू–१४ टोलीले १२ मध्ये ८ खेलमा जित तथा ४ खेलमा बराबरीको नतिजा निकालेको छ । किकर्सले २८ अंक जोडेको छ ।
यससँगै प्रतियोगितामा टोलीको एक खेल बाँकी रहँदा उपाधिको सम्भावना पनि बलियो बनेको छ ।
सोमबार भएको ३ खेलमध्ये किकर्सको यू–१४ टोलीले २ खेलमा जित र १ खेलमा बराबरीको नतिजा निकालेको थियो ।
सोमबारको पहिलो खेलमा किकर्सले आयोजक मोम्मेन्डोर्फको दोस्रो टोलीसँग १–१ गोलको बराबरीको नतिजा निकाल्यो । नेपाली टोलीका लागि आशुतोष महोत्राले गोल गरेका थिए ।
दिनको दोस्रो खेलमा किकर्सले एसभी अउबीङलाई १–० गोलले पराजित गरेको थियो । किकर्सको जितमा आर्यबीर सिंहले निर्णायक गोल गरेका थिए ।
टोलीले तेस्रो खेलमा भने एसभी जमरिङमाथि ३–० गोल अन्तरको जित दर्ता गर्यो । किकर्सको जितमा नोर्गेल शेर्पा, आशुतोष महोत्रा र गुगल बसौलाले १–१ गोल गरे । प्रतियोगितामा बाँकी रहेको अन्तिम खेलबाट टोलीको उपाधिको टुङ्गो लाग्ने छ ।
किकर्सको यू–१४ टोली रहेको यस समूहमा जर्मनीको विभिन्न एकेडेमीका अन्य ९ टोली सहभागी छन् । नेपाली टोलीले राउण्ड रोविन र फाइनल चरणको आफ्ना कुनै पनि खेलमा पराजय व्यहोरेको छैन । किकर्सको यू–११ टोलीको भने उपाधि सम्भावना सकिएको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया