आईपीएलको पहिलो क्वालिफायर : आज कोलकाता र सनराइजर्स भिड्दै

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ ।
अहमदावादमा हुने यो खेल नेपाली समयअनुसार राति ७:४५ बजेदेखि शुरु हुँदैछ ।
कोलकाता अंक तालिकामा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो । कोलकाताले समुह चरणमा १३ खेलमा ९ जित र ३ हार बेहोर्दै २० अंक हासिल गरेर शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै सनराइजर्स हैदरावादले १४ खेलमा ८ जित र ५ खेलमा हार बेहोरेको थियो भने एक खेल रद्ध भएको थियो । सनराइजर्स १७ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।
कोलकाता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आईपीएलको उपाधि जितेको छ । त्यस्तै कोलकाता २०२१ मा उपविजेता बनेको थियो । योसहित कोलकाता आठौँ पटक प्लेअफमा पुगेको छ ।
त्यस्तै सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आईपीएलको उपाधि जितेको छ । २०१३ देखि आईपीएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने योसहित सात पटक प्लेअफमा पुगेको छ ।
यस सिजनमा कोलकाताका लागि सुनिल नारनको सबैभन्दा उत्कृष्ट प्रदर्शन रहेको छ । उनले अहिलेसम्म ४६२ रन बनाएका छन् भने १७ विकेट समेत लिएका छन् ।
त्यस्तै कोलकाताका लागि वरुण चक्रवर्तिले १९ विकेट लिएका छन् भने हर्षित रानाले १७ विकेट लिएका छन् ।
अर्को तर्फ सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार शुरुवात दिइरहेका छन् । उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन् । त्यस्तै अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिङ गर्दै अहिलेसम्म ४६७ रन बनाएका छन् । त्यसैगरी सनराइजर्सका लागि टि नटराजनले १७, कप्तान पाट कमिन्सले १५ विकेट लिएका छन् ।
आजको पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया