विश्वका ७ आईफोनमध्ये १ भारतमा उत्पादन हुन्छ : प्रधानमन्त्री मोदी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका ७ आईफोनमध्ये १ भारतमा उत्पादन भइरहेको बताएका छन् ।
प्रधानमन्त्री मोदीले भारत अहिले विश्वको दोस्रो ठूलो मोबाइल फोन उत्पादक देश भएको समेत बताएका भारतीय संचारमाध्यम आईएएनएसले उल्लेख गरेको हो ।
उनले भारतबाट कीर्तिमानी संख्यामा एप्पलका सामानहरु विश्वव्यापीरुपमा निर्यात भइरहेको समेत बताए ।
सन् २०२८ सम्म २५ प्रतिशत आईफोन भारतमा उत्पादन हुने अनुमान गरिएको छ ।
आईफोन निर्माताले स्थानीय विक्रेताहरूको सञ्जाल निर्माण गरेर आफ्नो इकोसिस्टमलाई भारतमा बलियो बनाएको र यसले चीनमा आफ्नो निर्भरता कम गर्दै लाखौं रोजगारी सिर्जना गरिरहेको बताइएको छ ।

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

जापानको बेरोजगार दर २.५ प्रतिशत

प्रतिक्रिया