सामान्थाले तत्काल ओटीटीका लागि काम नगर्ने

मुम्बई : ‘फेमिली म्यान २’बाट मनोज बाजपाई जत्तिकै सामान्था अक्केनेनीले पनि चर्चा पाइन् । तमिल विद्रोहीको रुपमा उनको अभिनयले धेरैलाई चकित तुल्याएको प्रतिक्रिया आएका छन् । यो सिरिजको सफलतासँगै सामान्थाले अर्को सिरिजमा काम गर्न लागेको खबर आएका थिए ।
सामान्था निकट स्रोतले त्यो खबरमा कुनै सत्यता नभएको बताएको छ । उनी निकट स्रोतले सामान्था तत्काल सिरिजभन्दा पनि फिल्ममा नै केन्द्रित हुन चाहेको बताएको छ ।
ट्रेलर रिलिज भएसँगै उनको चरित्र चित्रणलाई लिएर आलोचना भएको थियो । सिरिजको प्रसारणमा रोक लगाउनु पर्ने आवाज पनि उठेका थिए । त्यसयता भने सामान्था मिडियामा देखा परेकी छैनन् ।
सामान्थाका अनुसार उनले यो सिरिज निर्देशक राज एन्ड डिकेको कारण गरेकी थिइन् । निर्देशकद्धयले सामान्थालाई कन्भिन्स गरेपछि उनी यो सिरिजको हिस्सा बन्न तयार भएकी थिइन् । अर्को कारण चाहिँ सामान्थालाई लामो समयदेखि नकारात्मक भूमिका निर्वाह गर्न मन थियो ।
सिरिजमा ठ्याक्कै त्यस्तै भूमिका रहेकाले सामान्था यो फिल्म गर्न राजी भएकी थिइन् । यो सिरिजको चर्चासँगै सामान्थालाई हिन्दी फिल्ममा लिन चाहाने निर्माताको संख्या पनि बढेको छ । तर, सामान्थाले भाषाका कारण अझै यी अफर स्वीकार्ने हिम्मत भने गर्न सकेकी छैनन् ।

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

प्रतिक्रिया