टर्कीका ड्रोनले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पारेको दाबी

काठमाडौँ - इरानी राष्ट्रपति इब्राहिम रायसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको छ ।
समाचार एजेन्सी अनाडोलुका अनुसार टर्कीले राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो ।
एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिएको छ । एजेन्सीका अनुसार फुटेजबाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ ।
आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लायान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार भएको पुष्टि गरेका छन् ।
यो हेलिकप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए । राष्ट्रपति राईसीको खोजीमा आइतबारदेखि व्यापक अपरेशन चलिरहेको छ ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया