पर्साका नाकाहरु तीन दिनको लागि बन्द हुने

वीरगंज - भारतमा अहिले चरणबद्ध रुपमा लोकसभाको चुनाव भइ रहेको छ । यसै क्रममा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि पर्सा जिल्लाको सिमानाका तीन दिन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै बिहारसित सिमाना जोडिएका पर्साका नाकाहरू तीन दिनको लागि बन्द हुने जानकारी दिएको छ ।
जिल्ला प्रशासनले सूचना जारी गरि भारत बिहारको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि अगामी जेठ १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६ बजेसम्म तीन दिनको लागि सिमानाका बन्द हुने जनाएको छ।
पश्चिम चम्पारण, बेतिया (बिहार) को पत्रबाट चुनावको लागि सिमानाका बन्द गर्न अनुरोध भई आए बमोजिम सिमानाका बन्द गरिने पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

प्रतिक्रिया