विराटनगरमा सेवा विस्तार गर्दै लक्ष्मी सनराइज बैंक

काठमाडौँ- लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।
विराटनगर महानगरपालिका वडा न. ७ स्थित हनुमान दास रोडमा रहेका दुई शाखामध्ये एउटा शाखा ५ किलो मिटर उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तर गरिएको हो । स्थानान्तर गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने छन् ।
स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरू प्रदान गर्ने छ ।
साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको स्थान (भद्रपुर लाइन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ । त्यसैगरी, चितवन जिल्लास्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकहरूलाई सेवा प्रदान गर्ने छ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५६ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_GXgEW4GzDi_lsax6ybk2ah2iqa50edc9s6afywh2d2okcs6vlpadpk8pybi0cpfzk43ajvl.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

प्रतिक्रिया