कामना सेवा विकास बैंक र एफवान सफ्टबीच ग्राहकलक्षित विभिन्न समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ- कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनल प्रा.लिले बैंकका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमा दर्ता गरी कुनै पनि रकमको टप-अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरूले रु ५० को टप-अप जित्न सक्ने छन् । यो अफर नयाँ ग्राहकहरूलाई मात्र मान्य हुनेछ ।
त्यसैगरी ग्राहकहरूले न्यूनतम रु १०० को टप-अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की-ड्र मार्फत इएरबड जित्न सक्ने छन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरू दुवैलाई मान्य हुने छ ।
यसैगरी कारोबार गर्ने ग्राहकहरू मध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्ने छन् । यो योजना जेठ मसान्तसम्म लागू हुने बैंकले जनाएकाे छ । साथै बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जालन र ७७ वटा एटिएम वुथ मार्फत अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

प्रतिक्रिया