भेरोसेलकाे १० लाख डाेज खाेप दुई सातामा नेपाल ल्याइँदै
अरब मुलुक, मलेसिया, जापान र कोरियामा सातामा एक उडान

काठमाडौँ : सरकारले चीनको सिनोफार्म कम्पनीबाट उत्पादित 'भेरोसेल' खोप दुई साता भित्रमा १० लाख डोज खोप ल्याउने भएको छ । चीनले खोप खरिदका लागि नेपालसँग सैद्धान्तिक सहमति जनाएकाले 'जुन' महिना भित्रमा १० लाख डोज खोप ल्याइने सीसीएमसीका निर्देशक बालानन्द शर्माले इकागजलाई जानकारी दिए । चीनले यसअघि अनुदानस्वरुप १८ लाख खोप दिएको थियो ।
'कुल ४० लाख खोप खरिदका लागि सहमति भएको हो,' शर्मा भन्छन,' सातामा पाँच-पाँच लाख डोज खोप ल्याउने भएको हो । अब आउने खोप बाँकी उमेर समूहका मानिसलाई लगाइन्छ ।'
'जी टु जी' प्रक्रियाबाट खोप खरिद गरिने शर्माले जानकारी दिए । चीनले पूर्ण रूपमा खोप पठाउने सहमति भए पछि पैसा पठाइने र मूल्य सार्वजनिक गरिने उनको भनाइ छ ।
शर्माले नेपाली कामदार रहेका अरब मुलुक, मलेशिया, टर्की, जापान र कोरियामा पनि उडान खोल्नलाई सीसीएमसीको बैठकले निर्देशन दिएको जानकारी दिए । उनका अनुसार कोभिड-१९ बाट प्रभावित कामादारको उद्धार पहलो प्राथमिकता रहन्छ । विदेशबाट आएकाले अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्छ ।
क्वारेन्टाइनमा बस्दा खर्च तिर्न नसकेमा सरकारले तिर्ने वा कामदारको श्रम कोषको पैसाले सबै व्यवस्थापन गरिने शर्माले बताए । नेपाली कामदार देखि बाहेक विदेशी नागरिकले अनिवार्य होटलमा बस्नुपर्छ ।
अब थपिने लकडाउनको मोडालिटी परिवर्तन गरिने शर्माले सुनाए । अहिले खुलेका पसल र क्षेत्रको समय बढाइने उनले बताए । संक्रमण दर, मत्युदर र नियन्त्रण दरको तथ्यांकलाई अवलोकन गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिने उनको भनाइ छ ।
सामाजिक दूरी र जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै मानिसको जीवनयापन सहज वातावरण बनाइने उनले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया