आऊ शासन गर

ब्वाँसो आऊ शासन गर
फ्याउरा आऊ शासन गर
स्याल, हाप्सिलो सबै आऊ
र हामीमाथि शासन गर
किनभने तिमीलाई भोट दिने मै हुँ ।
जुका आऊ शासन गर,
लामखुट्टे आऊ शासन गर
उपियाँ, उँडुस सबै आऊ
र हामीमाथि शासन गर
किनभने तिमीलाई नै मैले भोट दिएको हुँ ।
झिँगा आऊ शासन गर,
भुसुना आऊ शासन गर,
धमिरा, चेपागाँडा सबै आऊ
र हामीमाथि शासन गर ।
हिजो पनि त हामीमाथि
तिमीले नै शासन (रजाइँ) गरेका थियौ ।
हामीमाथि शासन गर्न
हामीले नै त हो तिमीलाई भोट दिएको ।
त्यसैले कत्ति पनि लाज नमानी
म तिमीलाई ‘बधाइ र शुभकामना’ दिँदै छु
किनभने आफूमाथि तिम्रो शासन चलाउन भोट दिने मै हुँ
मेरो सत्ता चलाउन तिमीलाई भोट हाल्ने हात मेरै हो,
सर्वज्ञ र सर्वशक्तिमान तिमीलाई ठान्ने र चुन्ने मन मेरै हो ।
त्यसैले लाज र घिन सबै पचाएर ‘बधाइ र शुभकामना’ दिँदै छु,
हिजो पिता पुर्खाले पनि तिमीलाई नै चुनेकै’थे
र मेरा भावी पुस्ताले पनि फेरि तिमीलाई नै चुनिरहनेछन् ।

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

प्रतिक्रिया