इरानमा दुई महिलासहित सात जनालाई फाँसी

काठमाडौँ - इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ । जसमा दुई महिला पनि छन् । इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ ।
फाँसीमा झुण्डिएकामध्ये एक महिला र पाँच पुरुष लागुऔषध सम्बन्धी अपराधमा पक्राउ परेका छन् ।
यसै क्रममा मृत्युदण्डको सजाय पाएकी अर्की महिला पनि श्रीमानको हत्या गरेको अभियोगमा दोषी ठहर भएकी छन् । इरानमा यो वर्ष अहिलेसम्म २ सयभन्दा बढीलाई मृत्युदण्ड दिइएको छ । यो पछिल्लो दशकमा सबैभन्दा ठूलो संख्या हो ।
इरानी र्यापर टूमाज सालेही पनि हालैका दिनमा फाँसी दिइएकामध्ये एक छन् । सालेही इरानी सरकारविरुद्ध गाएका गीतबाट चर्चामा आएका थिए ।

बंगलादेश तख्तापलटको एक वर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

इमरान खान पक्राउ परेको दुई वर्ष पूरा, रावलपिण्डिमा प्रदर्शनमा रोक

इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने

गाजामा बम विस्फोट र भोकमरीले दैनिक २८ बालबालिकाको मृत्यु

लिबियामा सुरक्षा कारबाहीका क्रममा ३५० जना गैरकानूनी आप्रवासी पक्राउ

गाजामा इजरायली आक्रमणमा २६ जनाको मृत्यु
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

प्रतिक्रिया