'बोलेको कुरा आफुले पुरा नगरे अर्को चुनावमा मत नदिनुस्'

बुटवल : नेपाली कांग्रेसका नेता तथा प्रतिनिध सभा सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले बोलेको कुरा आफुले पुरा नगरे अर्को चुनावमा मत नदिन पनि आग्रह गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारले जनताको विश्वास गुमाएको बताए । चुनावबाट नेकपाले जनताको विश्वास जिते पनि सरकारमा गएपछि भने विश्वास गुमाएको उनको भनाई छ ।
उनले भने ‘जनताको भावना अनुशारको काम गर्नुको सट्टा गुटगत स्वार्थमा रोमलिएका कारण सरकारप्रतिको जनताको विश्वास गुमेको छ ।’ रुपन्देहीमा आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै नेता शाहले अब ओली नेतृत्वको सरकारबाट कुनै सकारात्मक कामको आशा राख्नु पनि गलत भएको बताए ।
जता हेर्यो उतै यो सरकारको कमजोरी भ्रष्टारी र गलत काम मात्र रहेको भन्दै नेता शाहले लेखा समितिले अहिलेका सरकारको गलत कामको हिसाव किताव गरिरहेको पनि बताए । उनले भने ‘हामीले सरकारका मन्त्रीहरुले गरिरहेका भ्रष्टाचारका विषयमा गहन अध्ययन गरिरहेका छौं , त्यस्ता कर्तुहरु एक एक जनताको माझामा ल्याउने छौं ।’
सभापती शाहले अहिलेको सरकारको रमिताका कारण जनताको वास्तविक पार्टी नेपाली कांग्रेस नै रहेको भन्ने कुरा प्रमाणित भएको पनि बताए । जनतालाई झुट बोलेर क्षणिक लाभ लिए पनि दिर्घकालसम्म त्यस्तो गलत नटिक्ने उनको तर्क रहेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदिय दलका प्रमुख सचेतक फकरुद्धिन खानले नेपाली कांग्रेस नै जनताको बास्तविक भावना बुझ्ने पार्टी भएको भन्दै कांग्रेसमा गोलबद्ध हुन अपिल गरे । नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश सभाका प्रत्यासी विष्णु पोखरेलले कम्युनिष्ट सरकार जनउत्तरदाही नभएको भन्दै नागरिकहरु सडकमा छटपटाउँदा पनि सरकार बेखबर देखिएको बताए ।

जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

प्रतिक्रिया