सत्ताको वरिपरिमात्रै घुम्ने कांग्रेसको प्रवृत्तिका कारण सदन अवरोध भयो : बर्तौला

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था सिर्जना भएको बताएका छन् ।
एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको युवा विचार गोष्ठीमा बर्तौलाले संसदीय राजनीतिको लामो अनुभव छ भन्ने कांग्रेसले सत्ताका लागि नै संसद् अवरुद्ध गरेको आरोप लगाउँदै यसले संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था सिर्जना भएको बताएका हुन् ।
कांग्रेसको लगातारको अवरोधका कारण मुलुकमा गतिरोध पैदा भएको र जनताप्रति संसद् नै चाहिँदैन कि भन्ने भाष्य निर्माण हुने खतरा रहेको उनको भनाइ छ । उनले सत्ताको वरिपरिमात्रै घुम्ने कांग्रेसको प्रवृत्तिका कारण सदन अवरोध भएको आरोप लगाए ।
सहकारीको समस्या समाधान हुनुपर्छ भन्नेमा एमाले प्रष्ट रहेको भन्दै उनले राज्यले न्यायिक समिति बनाएर यसको समाधान गर्नुपर्नेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया