मकवानपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

मकवानपुर- जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो ।
दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते हुनुभएको छ । उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

रामेछापमा फौजी कीराको प्रकोप

काभ्रे बाढी पहिरो : अस्थायी आवास बनाउन ८ महिनापछि पहिलो किस्ताको अनुदान पठ…

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक अर्याल

प्रतिक्रिया