आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेलाई दिइएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो ।

नायब महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको वाहिनीपति  थिए ।