शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

१५ दिनभित्र सडक व्यवसाय व्यवस्थापन कार्ययोजना निर्माण गर्न सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले १५ दिनभित्र सडक व्यवसायबारे समन्वय गरी व्यवस्थापन कार्ययोजना निर्माण गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बुधबार काठमाडौँ महानगरपालिका, प्रदेश र संघीय सरकारलाई सडक व्यवसायबारे १५ दिनभित्र व्यवस्थापन कार्ययोजना निर्माण गर्न आदेश दिएको हो । ​सर्वोच्चले तीनै तहलाई समन्वय गरी कार्ययोजना निर्माण गर्न समेत आदेश दिएको छ ।

यस्तै, व्यवस्थापन कार्ययोजना निर्माण नगरे न्याय प्रशासन ऐन, २०७३ को दफा ३४ (२) बमोजिम इजलास समक्ष पेश गरिने आदेशमा भनिएको छ ।