सनराइजर्स हैदरावाद आईपीएलको प्लेअफमा

काठमाडौँ- सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ ।
गएराति भएको गुजरात टाइटन्सविरुद्धको खेल वर्षाका कारण रद्ध भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको हो । सनराइजर्सको १३ खेलमा १५ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।
योसँगै सनराइजर्स प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । यसअघि कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्स प्लेअफमा पुगिसकेका छन् । अब प्लेअफको एक स्थानका लागि चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिष्पर्धा हुने देखिएको छ । दुवैबीच शनिबार खेल हुदै छ ।
त्यस्तै गुजरात टाइटन्सले भने पछिल्ला दुई खेल वर्षाले रद्द भएसँगै १४ खेलमा १२ अंक बटुलेर यो सिजन सकाएको छ । गुजरात यसअघिको सिजनमा उपविजेता र २०२२ मा विजेता बनेको थियो ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया