कांग्रेस जिम्मेवार देखिएन : मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जिम्मेवार नदेखिएको बताएकी छन् ।
संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले प्रतिपक्षी दल कांग्रेस गम्भीर नदेखिएको बताएकी हुन् । उनले प्रतिपक्षी दलका सांसदहरू सरकारको रोष्टममा छिर्नु गलत भएको र यो गैरसंसदीय अभ्यास भएको जिकिर गरिन् । गृहमन्त्रीलाई बोल्न दिइने सहमति भए पनि प्रतिपक्षी दलले अन्त्यमा भाँडेको उनले बताइन् ।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले सदनमा कांग्रेसको कदम असंसदीय भएको धारणा राखे । उनले कांग्रेस सांसदहरूले आफ्ना संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार गरेको आरोप लगाए ।
त्यस्तै माओवादी सांसद माधव सापकोटाले कांग्रेसका सांसदहरूले सदनमा मर्यादा भुलेको भन्दै माफी माग्नुपर्ने धारणा राखे । सभामुखलाई उठाएर उनको आसनमा गएर उभिनु असंसदीय भएको उनको भनाइ छ ।
त्यस्तै रास्वपा सहप्रवक्ता मनिष झाले गृहमन्त्रीका विषयमा अव संसदीय छानबिन समिति बन्न नसक्ने स्पष्ट पारे । उनले अब कांग्रेस नेताहरूको फाइल खोल्न तयार भएमात्रै समिति बन्ने धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया