संसद् बैठक ४ बजेका लागि सर्यो

काठमाडौँ- बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक बिहीबार नै ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफलपछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो ।
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनु पर्ने माग राख्दै संसद् अवरुद्ध पार्दै आएको छ ।

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

प्रतिक्रिया