आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छ : उपराष्ट्रपति यादव

फाइल तस्बिर

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका लागि सबैलाई उत्प्रेरित गर्ने तथा सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले सीता जयन्ती परिवार र समाजमा विद्यमान सबैखाले आपसी कलह, द्वेष, क्लेश, दुःख र अशान्ति समाप्तिका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिएका छन् ।

“वैदेही, जनकनन्दिनी, जनकदुलारी, जानकी मातालगायत विभिन्न नामले सम्बोधन गरिने माता सीता हाम्रा राष्ट्रिय विभूति हुनुहुन्छ, उहाँको जयन्ती देशभरिका रामजानकी मन्दिरहरुमा विशेष पूजाअर्चनासहित धुमधामका साथ मनाउने परम्परा रही आएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । यी गुणहरु वर्तमान परिप्रेक्ष्यमा पनि उत्तिकै अनुशरणीय र अनुकरणीय छन्”, उपराष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उनले यो जयन्ती सीताको आदर्शबाट प्रेरित वैदिक समाज र प्राचीनकालमा कायम रहेको मातृशक्तिको भूमिकालाई स्मरण गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई यो अवसरमा स्मरण गरिने बताएका छन् । सीताले आफ्नो जीवनमा अवलम्बन गरेको आदर्शलाई ग्रहण गर्नसके परिवार र समाजमा आपसी द्वन्द्व र मनोमालिन्यताको अन्त्य भई परस्पर शान्ति, प्रेम र मेलमिलापमा वृद्धि हुनसक्ने उनको विश्वास छ ।

“भजन, कीर्तन र आरती सीता जयन्तीको केही महत्वपूर्ण आकर्षण हुन्, यी सबै हाम्रो मौलिक संस्कृतिसँग जोडिएका छन्, यी सबैको संरक्षण अति आवश्यक छ,  सीताको पूजाअर्चना भक्तिभाव र श्रद्धाभावले गरे व्यक्तिको जीवनमा सुख–समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ । यसैगरी रोग, दोष र पारिवारिक कहलबाट  मुक्ति पाइने मान्यता पनि छ, यी मान्यतालाई जीवन्त राख्दै आपसी सद्भाव र मैत्रीभाव कायम गर्न प्रतिबद्धता जनाउने अवसरका रुपमा पनि सीता जयन्तीलाई लिन सक्नुपर्दछ”, उनले भनेका छन् । 

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजीनामा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी राख्दैन्ः प्रधानमन्त्री ओली

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी र…

सिद्वान्त छाडेर दुनो सोझाउने र बिरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: प्रधानमन्त्री ओली

सिद्वान्त छाडेर दुनो सोझाउने र बिरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: प्रधानमन्…