मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

परम्परागत संस्कृति चलाउने परम्परागत १३३ वटा खलः पुचलाई आर्थिक अनुदान

काठमाडौं - परम्परागत सांस्कृतिक क्रियाकलाप सञ्चालन गरेर महानगरपालिकाभित्रका अमूर्त सम्पदा संरक्षणमा योगदान गर्ने गुथि, खलः पुच गरेर १३३ वटा समूहलाई काठमाडौँ महानगरपालिकाले आर्थिक अनुदान प्रदान गरेको छ ।

आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक समूहलाई २ लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।

यसरी सहयोग प्राप्त गर्नेहरुमा गुँला बाजं संरक्षण तथा व्यवस्थापन संघमा आबद्ध २३ वटा धा बाजाका गुथि खल, ज्यापू महागुथिमा आबद्ध ६३ वटा टोल, नेपाल खड्गी सेवा समितिमा आबद्ध ४७ टोल रहेका छन् ।

कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अनुदान रकमको चेक प्रदान गरेकी थिइन् ।