आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत हुने लक्ष्य

काठमाडौं - सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।
राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै हाल ३ दशमलव ९ प्रतिशत रहेको मुलुकको आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य राखेको जनाएको हो ।
त्यस्तै पाँच वर्षमा प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुराउने लक्ष्य रहेको योजना आयोगले जनाएको छ । हाल प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको छ । आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रूपैयाँभन्दा माथि पुग्ने लक्ष्य राखिएको छ भने उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको छ ।
त्यस्तै हाल २० दशमलव ३ प्रतिशत रहेको निरपेक्ष गरिवी १२ दशमलवमा सीमित गर्ने लक्ष्य रहेको योजना आयोगले जनाएको छ । पञ्चवर्षीय योजनामा साक्षरता दर ८५ प्रतिशत, बेरोजगारी दल ५ प्रतिशत, विद्युतमा र इन्टरनेटमा पहुँच पुगेको जनसंख्या शत प्रतिशत पुराउने लक्ष्य रहेको छ ।
उत्पादन र रोजगारीलाई प्राथमिकता दिने गरि आवधिक योजना तयार गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले जानकारी दिए । उनले तीनै तहका सरकारको ध्यान पूर्वाधारमा केन्द्रित हुँदा सामाजिक सूचकमा परेको असरलाई न्यूनीकरण गर्न खोजिएको उनले बताए ।
उनले मुलुकको वास्तविक समस्या समाधान गर्ने गरि योजना तयार गरिएको धारणा राख्नुभयो । योजना कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय वा केन्द्रित निकायले आ–आफ्नो व्यवसायीक योजना तयार गरि कार्यान्वयन गर्ने आयोगले जनाएको । त्यस्तै योजना कार्यान्वयनका लागि आयोगले सहजीकरण गर्ने जनाएको छ ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

प्रतिक्रिया