सरकारले थप्यो कर तिर्ने म्याद
काठमाडौँ : सरकारले कर तिर्ने म्याद थप गरेको छ । अर्थ मन्त्रालयले कर तिर्ने म्याद असार २५ सम्म थपेको हो । कोभिड-१९ संक्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा निषेधाज्ञा लगाएको छ । समयमा बुझाउनु पर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाइ भएपछि मन्त्रालयले म्याद थपेको हो ।
मूल्य अभिवृद्धि करको २०७७ चैतको र २०७८ बैशाख महिनाको मासिक तथा गत वर्ष चैत र २०७८ वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ सम्म थपिएको छ ।
गत वर्ष चैत र २०७८ साल वैशाख महिनाको बुझाउनु पर्ने अग्रीम करकट्टी भएको आयकर असार २५ सम्म तिर्न सकिने मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै अन्तःशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद असार २५ सम्म कायम भएको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

प्रतिक्रिया